प्रदेश–१ मा ४११ जना कोरोना संक्रमित थप, ४५८ डिस्चार्ज



फिदिम । प्रदेश १ मा बिहीबार हालसम्मकै उच्च संख्यामा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । यद्धपी सोही अनुपातमा ४ सय ५८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

सामाजिक मन्त्रालयका अनुसार, मोरङमा १ सय ७४, सुनसरीमा १ सय ५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा समान २, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा समान १ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३४ महिला र ६६ पुरुष गरि कुल १ सय जना नयाँ संक्रमित थप भएका छन्।

मोरङको रंगेली नगरपालिकामा ४ महिला ८ पुरुष, बेलबारी नगरपालिकामा ३ महिला ६ पुरुष, उर्लाबारी नगरपालिकामा ३ महिला ५ पुरुष, बुढीगंगा गाँउपालिकामा २ महिला ५ पुरुष, लेटाङ नगरपालिकामा ५ महिला २ पुरुष, सुन्दरहरैचा नगरपालिकामा ३ महिला २ पुरुष, कटहरी गाँउपालिकामा २ महिला ३ पुरुष, धनपालथान गाँउपालिकामा ४ महिला २ पुरुष, केराबारी गाँउपालिकामा ३ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा १ महिला २ पुरुष, कानेपोखरी गाँउपालिकामा १ महिला १ पुरुष, सुनबर्षी नगरपालिकामा २ पुरुष, जहदा गाँउपालिकामा १ पुरुष १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिकामा २८ महिला ४० पुरुष, धरान उपमहानगरपालिकामा २४ महिला २८ पुरुष, दुहवी नगरपालिकामा २ महिला १० पुरुष, रामधुनी नगरपालिकामा ६ पुरुष, इनरुवा नगरपालिकामा १ महिला ४ पुरुष, गढी गाँउपालिकामा २ महिला १ पुरुष, बराहक्षेत्र नगरपालिकामा १ महिला २ पुरुष,भोक्राहानरसिंह गाँउपालिकामा २ पुरुष, बर्जु र देवानगञ्ज गाँउपालिकामा समान १ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

झापाको मेचीनगर नगरपालिकामा ४ महिला ७ पुरुष, भद्रपुर नगरपालिकामा २ महिला ७ पुरुष, दमक नगरपालिकामा ५ महिला १ पुरुष, विर्तामोड नगरपालिकामा १ महिला ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बा¥हदशी गाँउपालिकामा समान १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

उदयपुरको बेलका नगरपालिकामा ४ महिला ७ पुरुष, त्रियुगा नगरपालिकामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि, पहाडी क्षेत्र भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुर गाँउपालिकामा १ महिला, ताप्लेजुङको फुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, ते¥हथुमा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। त्यसैगरि, प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८ सय ५७ पुगेको छ।

बिहीबार प्रदेशमा ४ सय ५८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट ४२१, संखुवासभास्थित जिल्ला अस्पतालबाट २१, विराटनगरको विराट मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका हुन। हालसम्म ४ हजार ६ सय ६२ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा बिहीबार १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुष छन्।

प्रतिक्रिया दिनुहोस्