नेपालमा घण्टामा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४९१ पुगेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार ३ जना महिलाहरु सर्लाहीकी ७२ वर्षीय, काठमाडौँकी ५७ वर्षीय र बाँकेकी ७६ वर्षीय तथा ७ जना पुरुषहरु मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, र बाँकेका ३९ र ५३ वर्षीय गरी जम्मा १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोराना सङ्क्रमणबाट आईतबार १० तथा सोमबार ४ जनाले ज्यान गुमाएका थिए।

नेपालका ५ जिल्लाहरु मुस्ताङ्ग, मनाङ्ग, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ५५ हजार ३७१ जना निको भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा ७४७, भक्तपुरमा ७३, तथा ललितपुरका ११४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा जानकारी दिइएको छ।

आजै ७३१ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्