२४ घण्टामा थपिए १,५७३ जना कोरोना सङ्क्रमित, ८८५ जना डिस्चार्ज



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा एक हजार ५७३ जनामा सङ्क्रमण भेटिएको बताए । आजै ८८५ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै, हाल नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालका ५ जिल्लाहरु मुस्ताङ्ग, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । हालसम्म नेपालमा ५३ हजार ८९८ जना निको भएका छन् भने ४७७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्