थप १० जना कोरोना सङ्क्रमितको मृत्यु



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४७७ पुगेको छ ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार काठमाडौँकी एक ५० वर्षीय महिला तथा ९ जना पुरुषहरु बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय, काठमाडौँका ६१ र ६२ वर्षीय, रुपन्देहीका ७२, बर्दियाका ६३ र ५० वर्षीय, र अछामका ३४ वर्षीय गरी जम्मा १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोराना सङ्क्रमणबाट हिजो शनिबार ८ जनाले ज्यान गुमाएका थिए ।

नेपालका ५ जिल्लाहरु मुस्ताङ्ग, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । हालसम्म नेपालमा ५३ हजार ८९८ जना निको भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा ६३३, भक्तपुरमा ७२, तथा ललितपुरका १०४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा जानकारी दिइएको छ । आजै ८८५ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै, हाल नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्