माइक्रोको ठक्करबाट याङवरकका वृखध्वजको मृत्यु



फिदिम । पाँचथरको याङवरक गाउँपालिका वडा नं. ३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ मा बा ४ ख ५१०० नम्बरको माइक्रोले पैदल यात्रा गरिरहेका लिम्बूलाई ठक्कर दिएको थियो । ठक्करबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माइक्रो र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्