२४ घण्टामा थपिए १,४९७ जना कोरोना सङ्क्रमित, निको हुनेको संख्याले ५० हजार नाघ्यो



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा एक हजार ४९७ जनामा सङ्क्रमण भेटिएको बताए । आजै ४५७ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा १८ हजार ४३७ जना सक्रिय सङ्क्रमित रहेका छन्।

नेपालका ६ जिल्लाहरु सोलुखुम्बु, रसुवा, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा र मोरङ्ग ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ५० हजार ४११ जना निको भएका छन् भने ४५३ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्