नेपालमा एकैदिन थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४५३ पुगेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार ५ जना महिलाहरु मोरङकी ५५ वर्षीय, सुनसरीकी ८१ वर्षीय, भक्तपुरकी ७३ वर्षीय, काठमाडौँकी ८२ वर्षीय र धादिङ्ग ३२ वर्षीय तथा १२ जना पुरुषहरु झापाका ७८ वर्षीय, धनुषाका ६८ र ७० वर्षीय, रौतहटका ६५ वर्षीय, भक्तपुरका ८४ वर्षीय, काठमाडौँका ७५, ७९ र ८० वर्षीय, तनहुँका ३९ वर्षीय, दाङ्गका ३९ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र नवलपरासीका ५५ वर्षीय गरी जम्मा १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोराना सङ्क्रमणबाट आईतबार १०, सोमबार १६, मंगलबार २ तथा विहीवार ७ जनाले ज्यान गुमाएका थिए।

नेपालका ६ जिल्लाहरु सोलुखुम्बु, रसुवा, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा र मोरङ्ग ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ५० हजार ४११ जना निको भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा ६०९, भक्तपुरमा ५१, तथा ललितपुरका ९५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा जानकारी दिइएको छ। आजै ४५७ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा १८ हजार ४३७ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्