एकैदिन अहिलेसम्मकै उच्च २ हजार २० संक्रमित थपिए



फिदिम । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन् । यो एकैदिन कोरोनाका संक्रमित थपिएको हालसम्मै उच्च संख्या हो । योसँगै कूल संक्रमितको संख्या ६१,५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा .जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन् । आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन् ।

त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए । आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन् । साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ दुई ९५ जना रहेका पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्