नेकपा उपाध्यक्ष वामदेव गौतम बने राष्ट्रियसभा सदस्य



फिदिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् ।

सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।

राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । लामो विवाद र नेकपाको आन्तरिक संघर्षपछि बामदेवको राष्ट्रियसभा यात्रा सुरुआत भएको हो । उनीसँगै नेकपाका सबै सचिवालय सदस्य संघीय संसद्का सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्