
फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा एक हजार ४५९ जनामा सङ्क्रमण भेटिएको बताए । आजै एक हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै, हाल नेपालमा १५ हजार ७७९ जना सक्रिय सङ्क्रमित रहेका छन्।
नेपालका ६ जिल्लाहरु सोलुखुम्बु, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, भक्तपुर, चितवन, रुपन्देही, मकवानपुर, मोरङ्ग र सुनसरी ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ४० हजार ६३८ जना निको भएका छन् भने ३७१ जनाले ज्यान गुमाएका छन्।