देशभर आइसियू र भेन्टिलेटरमा २०८ जना कोरोना संक्रमितको उपचार हुँदै



फिदिम । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २९ जना भेन्टिलेटरमा र १७९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२९ जना आइसियू र २६ जना भेन्टिलेटर, प्रदेश ५मा २० जना आइसियू र १ जना भेन्टिलेटर, प्रदेश १ मा ५ जना आइसियू र १ जना भेन्टिलेटरमा, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १० आइसियूमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्