
फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ५४ हजार १५९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा एक हजार ३९ जनामा सङ्क्रमण भेटिएको बताए । आजै एक हजार १७३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै, हाल नेपालमा १५ हजार ११७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
नेपालका ७ जिल्लाहरु सोलुखुम्बु, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, चितवन, रुपन्देही, सर्लाही मोरङ्ग र सुनसरी ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ३८ हजार ६९७ जना निको भएका छन् भने ३४५ जनाले ज्यान गुमाएका छन्।