धरानमा विराटनगरका थप एक संक्रमितको मृत्यु



फिदिम । धरानमा मोरङका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। आइतबार दिउँसो सबा २ बजे विराटनगर महानगरपालिका १२ का ७० वर्षीय पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

१६ गते विराटनगरको प्रादेशिक ल्याबमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। विराटनगरको म्याक्स अस्पतालबाट रिफर भई संक्रमित पुरुष प्रतिष्ठानमा भदाै १७ गते भर्ना भएका थिए।

ज्वरो, खोकी र  श्वासप्रश्वासमा कठिन र संक्रमितमा पहिलेदेखि भएको र उनमा उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्