

काठमाडौँ । आधा भरिएको गिलासलाई कसरी व्याख्या गर्ने ? गिलास अझै भरिएको रहेनछ भनेर नकरात्मकता राख्ने कि आधा भरिएको रहेछ भनेर रचनात्मक हुने ?
चर्चित यो कहावत नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मूल्यांकन गर्ने क्रममा समेत जोड्न सकिन्छ ।
मुलुकमा खासगरी पछिल्ला २ वर्षको अवधिमा दीर्घकालीन महत्व राख्ने कैयौं काम सुरु भए, भइरहेका छन् । ओली सरकार भने प्रतिपक्षमात्र होइन पार्टीभित्रैको आन्तरिक असहयोग र घेराबन्दी मिलाउँदैमा ब्यस्त हुनु परेको छ ।
गिलास खै भरेको ? २ तिहाइको सरकारले त भरिहाल्नुपर्ने हो नी ? जस्ता प्रश्न राखी नेतृत्वमाथि विषवमन समेत भइरहे । यद्यपी पार्टी विवाद मिलाउँदै सरकारले मुलुकप्रतिको दायित्व समेतलाई अघि बढाएको छ ।
यही बीचमा भएका, कतिपय यसअघिका सरकारले नसोचेका, असम्भव ठानेका मुलुक हीतका काम भइसकेका छन् । अत्याधुनिक विकास गरी जनताको मूहार फेर्ने समृद्धिका कामहरु समेत जारी छन् ।
यहाँ तिनै कामका छनक ल्याउने प्रधानमन्त्री ओली नेतृत्वका १ सय १ कामको टिपोट गरिएको छ-
१ नेपालले गुमेको भूमिसहित समेटेर नयाँ नक्सा जारी गरेको छ । सबै दललाई सहमतिमा ल्याउन सफल भई त्यसलाई कार्यान्वयन गर्न लागि परेको छ ।
२ पूर्व पश्चिम रेलमार्गको ठोस आधार र बजेट तयार । निर्माण प्रक्रियाको थालनी । जनकपुरको कुर्सादेखि भारतको जयनगरसम्मको रेल मार्ग निमार्ण गरिसकेको र दुई ओटा रेल समेत खरिद गरेको र लकडाउन पछि संचालन गर्ने तयारी । चिनको केरुङदेखि काठमाडौ हुँदै पोखरासम्म रेलमार्ग संचालन गर्ने चीन सरकारबाट अध्यन भएको र रक्सौल – काठमाडौंको लागि भारत सरकारबाट संभाब्यता अध्ययन भैरहेको छ ।
३ मुलुकका विभिन्न भागमा सुन, तामा, पेट्रोलियम पदार्थ, युरेनियम लगायतका पदार्थको अध्ययन । दैलेखसहितमा उत्खनन् कामको अनुसन्धान तथा परिक्षण थालनी ।
४ भारतबाट सिधै अमलेखगञमा पेट्रोलियम पाईपलाइन । यो माध्यमबाट ढुवानीमा लाग्ने प्रतिवर्ष करिव १ अर्व रकम जोगिएको ।
५ विकास निर्माणमा ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकदार कम्पनिलालाई धमाधम कारवाही । मल खरिदमा ढिलाई गर्ने ठेकेदार शारदाप्रसाद अधिकारी, पप्पुसहितलाई कारवाही ।
६ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म स्थल नेपालमै हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै विज्ञहरुबाट सम्भावनाको अध्ययन समेत सुरु ।
७ बालुवाटार लगायत देशभरका सरकारी जग्गा घोटालाको पर्दाफास । दोषीलाई कठघरामा ल्याउने कार्य तीव्र रुपमा बढाइएको ।
८ बैज्ञानिक कृषि प्रणालीतर्फ काम सुरु ।
९ साहित्य, संस्कृतिकर्मीमाथि ठोस् सम्मान सुरु । झमककुमारी घिमिरे प्रतिष्ठानलाई काठमाडौं गोठाटारमा अत्याधुनिक घर निर्माण । डिल्लीबजारमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान भवन र अन्य पूर्वाधार निर्माणको काम सुरु ।
१० बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)मा स्मृति उद्यानको नेपाल सरकारले निर्माण ।
११ प्रधानमन्त्री निवास वालुवाटार आधुनिक तथा सुविधासम्पन्न भवन निर्माणको क्रममा रहेको ।
१२ ३ हजार सिट क्षमताको सभा हल ललितपुरको गोदावरीमा तिव्र रुपमा काम भइरहेको ।
१३ कोरोना भाइरस नियन्त्रणमा दक्षिण एसियामा भुटान बाहेकका देशभन्दा बढी सफलता र कोरोना नियन्त्रण र रोकथाममा सबै भन्दा अगाडि । उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्य । कोरोना बीमाको विशेष व्यवस्था ।
१४ उपत्यकाका मनोहरा, बाग्मती, हनुमन्तेलगायतका नदीहरुमा कोरिडोर निर्माण । हरियाली पार्क निर्माण हुँदै ।
१५ धुलाम्मे र हिलाम्मे काठमाडौँ उपत्यकाका सडकलाई सुन्दर र मनोरम हुँदै । काठमाडौ उपत्यका भित्र हालै मात्र
१३० किमि भन्दा बढिमा खाल्डा पुर्ने, रोड मार्किङ गर्ने ओभरलेप र सौन्दर्य गर्ने काम सकिसकेको छ ।
१६ भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण प्रारम्भ ।
१७ एनसेल, चौधरी समूहसहित ठूला कर दातालाई कडाईका साथ कर असुली ।
१८ पोखरा, भैरहवासहित नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण तिब्र रुपमा गरिदैँ ।
१९ राष्ट्रिय गौरवका आयोजनाका कामहरु अरु सरकारका पालामा भन्दा छिटो । माथिल्लो तामाकोशी सकिदै ।
२० नेपालमा भारत र पश्चिमा शक्ति केन्द्रको अनावश्यक चलखेल नियन्त्रण गर्न प्रयास गरिएको छ ।
२१ उपत्यका भित्र भूमिगत तार बिछ्याउने काम चलिरहेको छ ।
२२ देशको आर्थिक सूचक इतिहासकै उच्च विन्दुमा पुर्याउन सफल । कोरोना प्रहारको बाबजुद पनि अर्थनीति र सूचक सफल ।
२३ पछिल्लो एक वर्षमा देशभर ३४२ पुलहरूको काम सम्पन्न गरिसकेको र अन्य पुलहरूको काम पनि तीव्ररुपमा गरिएको छ ।
२४ उत्पादन क्षेत्रलाई बढी ध्यान दिए देशलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।
२५ शैक्षिक प्रमाणपत्रको आधारमा युवालाई ऋण दिन सुरु ।
२६ देशभर शिक्षा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिई उच्चतम सन्तुष्टि पनि हासिल गरिसकेको छ ।
२७ देशभरका साना सडकहरुलाई चौडा बनाई सडक विस्तार गरिएको छ नयाँ सडकहरु पनि बनाउने काम तीव्ररुपमा गरेको छ,
२८ बाढी पहिरोबाट क्षति हुने सम्भावित क्षेत्रमा रहेका बासिन्दाको बस्ती स्थानान्तरण गरिएको र क्षति पुर्याएका क्षेत्रमा राहतको व्यवस्था गरेको छ,
२९ जुन क्षेत्रमा जे उत्पादन हुन्छ त्यस्तो क्षेत्रलाई छनोट गरी धेरै मात्रामा उत्पादन गर्ने तयारी गरिएको छ । इलामको चियालाई विश्व बजारमा पुर्याउन उद्देश्य पनि राखिएको छ,
३० राउटे समुदायका मानिसहरुलाई पनि समाजमा ल्याई घर बनाइदिएको छ र उनीहरूलाई पनि आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ रोजगारीका क्षेत्रमा पहुँच पुर्याइएको छ,
३१ भूमि बैंकको स्थापना गर्ने कार्य सुरु ।
३२ देशमा लगानी मैत्री वातावरण सिर्जना गरिएको छ,
३३ काठमाडौँ उपत्यकामा चार वटा स्मार्ट सिटीको निर्माण कार्य प्रारम्भ,
३४ दरवार हाइस्कुल पुनः निर्माणको कार्य सम्पन्न । साथै धरहरा, रानीपोखरीसहित अन्य भुकम्प पछि पुनः निर्माणका कार्यहरुले अपेक्षा गरेभन्दा बढी प्रगति,
३५ अंगिकृत नागरिकता ७ वर्षपछि मात्र पाउने प्रावधान ।नेपाली पुरुषसँग विवाह भएको अरु देशका महिलाले ७ वर्ष पछि मात्र नागरिता पाउने व्यवस्था । संसदमा पास हुने क्रममा रहेको ।
३६ राष्ट्रपति महिला उद्धार कोष मार्फत हेलिकप्टरबाट सय भन्दा बढी सुत्केरीको उद्धार तथा उपचार,
३७ प्रधानमन्त्री रोजागर कार्यक्रम अन्तरगत प्रत्येक वर्ष करिव ६ लाखलाई रोजगारी । युवालाई गाउँमै काम ।
३८ नेपालमा नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढेको,
३९ सडक मानवमुक्त निर्माण,
४० विभिन्न मुलुकसँग हवाई उडान सम्झौता,
४१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक निर्माण, आधुनिक, सुविधासम्पन्न, तथा व्यवस्थीत बन्दै
४२ विद्युत उत्पादनको व्यापक वृद्धि, लोडसेडिङ अन्त्य,
४३ एसिड पिडितको माग सम्बोधन गरी कठोर कानुन निर्माणको तयारी
४४ मुलुकभर फोर जी सेवा विस्तार
४५ प्रत्येक गाउँपालिकामा १५ सैयाको अस्पताल अनिवार्य निर्माणको प्रकृया अघि बढेको,
४६ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण कार्यको शुभारम्भ,
४७ साक्षर नेपालको घोषणा गर्ने तयारी, बालबालिकालाई विद्यालय ल्याऔं, पढाईमा टिकाऔंको अभियान सञ्चालन,
४८ चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन,
४९ नेपालभर ६ सय ७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायीक शिक्षाको विस्तार,
५० दुई वर्षमा ४ करोड विभिन्न प्रकारका विरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको, खाली ठाउँमा फलफूल उत्पादान गर्न सहयोग
५१ सम्पूर्ण जग्गाको वर्गिकरण, कृषियोग्य जग्गाको संरक्षण अभियान सञ्चालन भइरहेको ।
५२ मालपोतहरुमा अनलाईन प्रणालीको विकास,
५३ कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा–चाँदनीस्थित कञ्जभोगमा सुक्खा बन्दरगाह निर्माणको प्रारम्भको तयारी,
५४ भारतको सिलिगुडीदेखी झापाको चारआलीसम्म पेट्रोलियम पाईपलाईनको अध्ययन प्रकृया अघि बढेको,
५५ दुई दशकपछि चिनका रास्ट्रपति सि जिङ पिङ को नपाल भ्रमण सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको समेत सफल भ्रमण ।
५६ १३ औ दक्षिण एसियाली खेलकुद साग समप्न्न भएको छ । दुई दशक यता खेलकुद क्षेत्रमा ठूलो उपलब्धि ।
५७ भुपरिवेष्ठित नेपाललालाई भुजडित मुलुमा रुपान्तरण गर्ने घोषित आकान्क्षा पूरा ।
५८ विदेशी महङ्गो मदिरा आयतमा रोक
५९ भारतीय न्युज च्यानलमा बज्ने भारतीय विज्ञापन नेपालमा प्रतिबन्ध
६० बाढीपहिरो पिडितलाई तत्काल राहत दिने व्यवस्था, उद्दारको काम पनि छिटो छिटो गराएको ।
६१ मेलम्ची को पानी पनि अब छिट्टै आउने तयारि । पानी राखेर परिक्षण पनि गरिसकिएको ।
६२ नेपालमा भित्रिएको सलह किराको ब्यवस्थापन राम्रो । अब आउने सलह प्रती सजग हुँदै पुर्व तयारी । सलह किराले अनुमान गरे भन्दा कम क्षति गरेको र सलक किरा ब्यवस्थापनमा सरकारले छिटो चासो देखाएर काम गरेको हुनाले क्षति कम भएको ।
६३ वृद्ध आमाबुबाको स्याहार गर्न हरेक वर्ष वृद्धभत्ता दर बढाइएको ।
६४ ओली सरकारकै पालामा नेपालीले बनाएको नेपाली झन्डा अङकित नेपालको स्याटलाइट अन्तरिक्षमा ।
६५ ओली सरकारले ठुला आयोजनादेखि स-साना विकासका कामहरुलाई पनि ध्यान दिदै स्थानिय तहलाइ विकास निर्माणका कामहरु गर्न प्रेरित । स्थानिय सरकार सङ मिलेर विकास निर्माणका कामहरु तिब्र रुपमा।
६६ लकडाउनले गर्दा लामो समयसम्म शिक्षाबाट टाढा रहेमा विद्यार्थीलाई शिक्षा दिन अनलाइन तथा बैकल्पिक शिक्षा सहजीकरण को व्यवस्था । जहाँ जे उपलब्ध हुन्छ त्यही अनुसार शिक्षा लाई प्रभावकारी बनाएको ।
६७ “मधेस एक प्रदेश र जातिय प्रदेश राज्य” हुनबाट नेपाललाई बचाइ संघ, प्रदेश र स्थानिय तह गरि तीन तह रहेको राजनीतिक तथा प्रशासनिक व्यवस्था कार्यान्वयनमा सफल ।
६८ केपि शर्मा ओली र प्रचण्डको अगुवाइमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रिय एकीकरण गरि दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्नियुस्ट पार्टी स्थापना गर्न सफल ।
६९ प्रशासनिक हिसाबले संघीयता कार्यन्वयनमा करिब ९० हजार कर्मचारीलाई संघ प्रदेश र स्थानिय तहमा समायोजनमा सफलता ।
७० राजस्व अनुसन्धान बिभाग अर्थ मन्त्रालयबाट हटाइ प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछी अन्तशुल्क, कर राजस्व तथा भन्सार शुल्क ठगी गर्ने व्यापारी, उद्योगी तथा व्यवसायी लाई बिगो तथा जरिवाना समेत अरबौं मुलुकको ढुकुटीमा जम्मा गर्न सफल ।
७१ दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा एक बैंक को स्थापना गरि बैंकिङ कारोबारको लागि सदरमुकाम जानु नपर्ने ।
७२ यातायातको सिन्डिकेटको हटाउने क्रम सुरु ।
७३ बिगतमा भएका बहुचर्चित सुन कान्डका नाइकेलाई कार्बाही गरि जेल चलान ।
७४ दसौ जना मानिसलाई जिउदै इट्टा भटटामा जलाउने अपराधी नेपाली काङ्ग्रेसका नेता पुर्वमन्त्री तथा रौतहटका सभासद अफताब आलमलाई विगतका कुनै सरकारले समाउन गिरफ्तार गर्न र कारबाहिको दायरामा ल्याउन नसकेका केपी ओलीको सरकारले गिरफ्तार गरि कार्बाही गर्यो ।
७५ पछिल्लो २ बर्षमा रास्ट्र राजमार्ग र अन्य सडकमा गरि ३ हजार ६ सय किमि कालोपत्र निर्माण सम्पन्न भएको छ ।
७६ पछिल्लो २ बर्षमा थप १३ सय किमि कालोपत्रे सहित पक्की थप नया सड्क निर्माण भएको छ ।
७७ पुर्वमा झपाको बाहुण्डांगीदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म करिब १२ सय किमिको मदन भण्डारी राजमार्ग आयोजना स्वीकृत भई काम सुरु ।
७८ पुर्वमा पाचथरको चियो भञ्ज्याङ्देखि पश्चिम् मा बैतडीको झुलाघाटसम्म १८७९ किमि पुष्पलाल मध्यपहाडी राजमार्ग २०७९ सालसम्म कालोपत्र सहित पुरै निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडि बढेको छ । त्यसमा उल्लेख्य प्रगति समेत भएको ।
७९ नेपालको दक्षिणी सिमाबाट निर्माण भैरहेको हुलाकी राजमार्ग ओलीको पालाका तिब्र गतिमा काम भैरहेको छ ।
८० पछिल्लो दुई वर्षमा विभिन्न नदि र खोलामा गरि ३२५ ओटा पक्कि मोटरएवल पुल निर्माण सम्पन्न भएका छन ।
८१ केपी ओली प्रधानमन्त्री हुनु भए पछि उतर दक्षिण राजमार्गका आयोजनाहरु स्वीकृत गरि कर्णाली करिडोर अन्तर्गत नेपाल(चिनको सिमाना हुम्लाको हिल्सेदेखि सुर्खेतसम्मको निर्माण कार्य तिब्रताका साथ भैरहेको । गण्डकी करिडोर अन्तर्गत नेपाल( चिनको सिमाना मुस्ताङको कोरलादेखि नवलपरासी पुर्वको भैसालोटन सम्मको सडक निर्माण कार्य तिब्र ।
८२ नेपाल चिनको सिमाना संखुवासभाको ओलान्चुगलादेखि बिराटनगरको रानीसम्म कोशी करिडोर राजमार्गको काम तिब्र ।
८३ कोशी र नारायणी नदिमा पानी जहाज संचालन सुरु भएको छ । भारतको ब्रमपुरबाट आउने पानी जहाजको लागि जलमार्ग संबभाब्यता अध्यन गरि डि। पि आर तयारिको लागि काम सुरु भएको छ ।
८४ नौबिसे काठमाडौ नागढुङा २.६८ किमि सुरुङ मार्गको काम सुरु भएको छ । बुटबल (पाल्पा सडक अर्न्तर्गत २ किमि सुरुङको लागि टेन्डरको काम भएको छ । सिन्धुली अन्तर्गत चियावारि-खुर्कोट सुरुङी मार्गको संभाब्यता अध्यन भैरहेको छ ।
८५ २ वर्षमा १४२ वटा तुइन बिस्थपित गरि सबै ठाउमा झोलुङ्गे पुल निर्माण भएको छ ।
८६ दुई वर्षको अबधिमा मात्र थप ९ लाख घरधुरिमा विद्युत सेवा पुर्याइएको छ ।
८७ २ वर्षको अबधिमा ५०० मेगावाट विद्युत निर्माण सम्पन्न भै रास्ट्रीय ग्रिडमा जोडिएको छ । आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत पुर्याउने लक्ष्य ।
८८ २ वर्षको अबधिमा विभिन्न नदि तथा खोलाहरुमा नदि नियन्त्रणका लागि एक हजार ७० किलो मिटर बराबर लामो तटबन्ध निर्माण गरिएको ।
८९ विश्व बैंकको व्यवसाय सम्बन्धी सूचकांकमा नेपालको व्यवसायीक बाताबरण सुधार हुँदै ११० स्थानबाट ९४ स्थानमा आई सुधार भएको छ ।
९० संयुक्त रास्ट्रसंघिय मानव विकास प्रतिबेदनले मानव बिकास सूचकांक १४९ बाट १४७ स्थानामा उठेको छ।
९१ विधिको शासन सूचकांकमा १२६ देश मध्ये नेपाल ५९ स्थानमा छ ।
९२ श्रमिक, कामदार र मजदुरलाई समेत मध्यनजर राखेर सामाजिक सुरक्षा कोषको स्थापना गरेको छ ।
९३ काठमाडौ निजगढ फास्ट ट्र्याक नेपाली सेनाद्वारा तिब्र गतिमा भइरहेको ।
९४ कालापानी लिपुलेक तर्फबाट नेपाल चिनको सिमाना टिन्कर भञ्ज्याङ् ताक्लाकोटसम्म ९७ किमि बाटो निमार्णका लागि दार्चुला(टिन्कर सडक नेपाली सेना मार्फत धमाधम काम भैरहेको छ । यो सडक ब्यास गाउपालिका सम्म ५० किमि निर्माण भैसकेको छ ।
९५ पोखरा-मुस्ताङ र दाङ-स्वर्गद्वारी लामो दुरिको केवलकार संचालन गर्नको लागि डिपीआर तयार भएको छ ।
९६ ललितपुरमा गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरेको छ ।
९७ सार्बजनिक खरिद तथा ठेक्का पट्टामा अनियमितता रोक्न र आर्थिक पार्दर्शिता कायम गर्न इजीपी लागू भएको छ ।
९८ जुम्लामा डाक्टर पढ्ने मेडिकल कलेज संचालनको तयारी मा छ ।
९९ भारतको आफ्नो कन्सुलर फिल्ड अफिस बिगत लामो समयदेखि बिराटनगरमा रहेको थियो, हाल सो अफिस हटाएइको छ ।
१०० महिला उद्यमीलाई ७ लाखसम्म र बिदेशबाट फर्किएका पुरुषलाइ १० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने सुरुवात भएको छ ।
१०१ प्रत्येक नेपाली नागरिक ले २५०० तिरेर एक लाखसम्मको स्वास्थ बिमा कार्यक्रम सुरु भएको छ ।
यी काम प्रतिनिधिमूलक मात्र हुन् । कैयौ कामको टिपोट यहाँ छैन । हुन बाँकी कामको फेहरिस्त पनि छँदैछ । (खुला नेपाल डटकमबाट साभार)