शुक्रवार हालसम्मकै उच्च संख्यामा संक्रमित थपिए



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा एक हजार ४५४ जनामा सङ्क्रमण भेटिएको बताए । आजै ९७२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै, हाल नेपालमा १४ हजार ९२५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालका ७ जिल्लाहरु सोलुखुम्बु, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, चितवन, रुपन्देही, सर्लाही र सुनसरी ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । हालसम्म नेपालमा ३६ हजार ६७२ जना निको भएका छन् भने ३२२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्