पाँचथरमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम । पाँचथरमा आज थप चार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा फालेलुङ–४ घर भई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेकी १६ बर्षीय किशोरी, पाँचथर कारागारमा रहेका २० र २५ बर्षीय कैदी र पाँचथर अस्पतालको भवन निर्माणमा खटिएका ५८ वर्षीय पुरुष कामदार छन् ।

उनीहरुलाइ फिदिम स्थित अगुवा स्रोत केन्द्रमा रहेको आइसोलेशनमा राखेर उपचार शुरु गरिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ । नयाँ सङ्क्रमित थपिएसँगै पाँचथरमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

उनीहरुमध्ये ११ जनाको फिदिममै तथा १ जनाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्लामा हालसम्म २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्