बुधबार थपिए १ हजार ८१ कोरोना संक्रमित, थप ६ जनाको मृत्यु



फिदिम । बुधबार देशभर कोरोनाका १ हजार ८१ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए ।

यीसहित हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्