२४ घण्टामा थप ८८४ जनालाई कोरोना सङ्क्रमण, ३१३ जना ‘डिस्चार्ज’



काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा सङ्कलन गरिएको ११ हजार ५१६ स्वाबको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा सङ्क्रमण भेटिएको बताए । आजै ३१३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै, हाल नेपालमा १६ हजार ५७८ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

नेपालका २ जिल्लाहरु मुस्ताङ्ग र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, बारा, पर्सा, धनुषा, रौतहट, महोत्तरी, सर्लाही र मोरङ्ग जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा २० हजार ५५५ जना निको भएका छन् भने २०७ जनाले ज्यान गुमाएका छन्। 

प्रतिक्रिया दिनुहोस्