१७२ देश कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्ने योजनामा सहभागी हुँदै



फिदिम । करिब ६ महिनादेखि विश्व कोरोना भाइरससँग जुधिरहेको छ । विश्वका अधिकांश देशमा कोभिड १९ को संक्रमण देखिएको छ । हालसम्म विश्वर २ करोड ३६ लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणकै कारण ८ लाख १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । महिनौं बितिसक्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । न त भाइरस नियन्त्रण र रोकथामका लागि भ्याक्सिन नै बन्न सकेको छ ।

रसियाले कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनेको दाबी गरेपनि त्यसले पूर्ण रुपमा मान्यता पाउन सकेको छैन । विश्वका अधिकांश देशहरुमा भाइरसविरुद्ध क्लिनिकल ट्रायलहरु भइरहेका छन् । तर भ्याक्सिन पत्ता लागेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल १७२ देशमा भ्याक्सिन निर्माण गर्ने योजना गर्ने कार्यमा सहभागी भइरहेको छ । अमेरिका, ब्रिटेन, भारत लगायतका राष्ट्रहरुले भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्