नेपालमा यो साता मात्रै कोरानाबाट ४४ जनाको मृत्यु



फिदिम । नेपालमा यो सात मात्रै कोराना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । आजसम्म नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा आइतबार २, सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११ र आजको ९ जना गरि ४४ जनाले कोरोना संक्रमणबाट यसै साता ज्यान गुमाएका हुन् ।

नेपालका ३ जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, र हुम्लामा अहिले कोहि पनि कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र मोरङ्ग जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सङ्क्रमित रहेका छन् ।

हाल नेपालका १२ हजार ६ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने नेपालमा १८ हजार ३ सय ५० जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ । आजै १३६ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्