
फिदिम । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १-१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।