एकैदिन हालसम्मकै उच्च १०१६ जनामा कोरोना सङ्क्रमण



फिदिम । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै उच्च १०१६ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उक्त संख्यामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । आज १३७६१ पीसीआरबाट उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।

हाल क्वारेन्टिनमा १३ हजार छन् भने पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् । प्रदेश नं. १ मा झापामा २१, मोरङमा १०८, सुनसरीमा ८ जना छन् । पाँचथरमा समेत फिदिम स्थित क्वारेन्टिनमा रहेकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

हाल देशका मोरङ, रौतहट, पर्सा, महोत्तरी र काठमाण्डौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेका छन् । पछिल्लो समय पश्चिममा भन्दा पूर्वमा बढी सङ्क्रमण देखिएको छ । हालसम्म संक्रमितको संख्या कुल २८२९७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्