आठ जिल्लामा मात्रै थपिए छ सय ७६ संक्रमित



फिदिम । पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभर एक हजार १६ संक्रमित थपिएका छन् । विभिन्न स्थानमा संकलित स्वाब परीक्षणबाट पछिल्लो २४ घण्टामा देशभरका ८ जिल्लामा मात्र ६ सय ७६ संक्रमित भेटिएका छन् ।

मंगलबार काठमाडौंलगायत पर्सा मोरङ र सर्लाहीमा १ सयभन्दा बढी संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १ सय ३८ जना संक्रमित थपिएका हुन् । त्यसैगरी पर्सामा १ सय २८, मोरङमा १ सय ८ र सर्लाहीमा १ सय ७ जना थपिएका छन् । साथै धनुषामा ५० जना, ललितपुरमा ५० जना चितवनमा ४९ जना र डोटीमा ४६ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्