

फिदिम । घनाबस्ती भएका जिल्लाहरुमा कोभिड-१९ को संक्रमण बढ्दै जाँदा कोभिड उपचार केन्द्रमा बेडको अभाव हुँदै गएको छ । सरकारले यस्तो अवस्थामा जुन अस्पतालमा कोरोना पुष्टी हुन्छ त्यहीँ संक्रमितको उपचार गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले निजी अस्पताललाई कोभिड संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन पनि आग्रह गरेका छन् । अस्पतालमा उपचारका क्रममा बिरामीमा कोरोना पुष्टि भए त्यही अस्पतालमा उपचार गर्न स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आग्रह गरे ।
कोभिड उपचार केन्द्रमा बेड अभाव हुँदै गएकोले कोभिड अस्पतालमा संयोजन गरी उपचाररत अस्पतालमै विरामीलाई राख्न उनले आग्रह गरेका छन् । कोभिड उपचार केन्द्रमा संक्रमितलाई पठाउँदा हब अस्पतालसँग समन्वय गरेर स्वास्थ्य मन्त्रालयको निर्देशन लिएर मात्रै काम गर्न पनि गौतमले भनेका छन् ।
पछिल्लो २४ घण्टामा २४ घन्टामा देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पाइएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन् । देशभर शुक्रबार ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताएका हुन् ।