रुसपछि चीनले बनायो कोरोनाको भ्याक्सिन, जनमुक्ति सेनामा प्रयोग अनुमति



फिदिम । रुसपछि चीनले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। रुसले बनाएको भ्याक्सिन स्तुपनिक–५ लाई दर्ता गरेर प्रयोग अनुमति दिएलगत्तै चीनले पनि आफूले बनाएको भ्याक्सिन सेनामा प्रयोग अनुमति दिएको हो ।

चीनले क्यानसिनो बायोलजिक्सको भ्याक्सिनलाई निश्चित परिमाणमा मात्रै प्रयोग गर्न मञ्जुरी दिएको छ । चीनले यो भ्याक्सिन दर्तापछि चिनियाँ जनमुक्ति सेनामा प्रयोगका लागि उपलब्ध गराएको हो । रुसले केही दिनअघि गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सर्वसाधरणमा पनि प्रयोग अनुमति दिइसकेको छ ।

त्यसको पहिलो प्रयोगका रुपमा दुई डोज भ्याक्सिन राष्ट्रपति भ्लादिमिर पुटिनकी एक छोरीमा लगाइएको छ । जसबाट उनको शरीरको तापक्रम घटेको छ भने एन्टीबडीहरु पनि बन्न थालेका बताइएको छ । रुस र चीनले बनाएका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन् ।

चीन र रुस दुवैले आफ्नो भ्याक्सिनले कोरोनाविरुद्ध प्रभावकारी काम गरेको दाबी गरिरहेका छन् । न चीनलाई विश्वका अन्य कसैको प्रवाह छ न त रुसलाई नै अरुको आलोचनाले छोएको छ । दुवै देश विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) या अन्य अन्तर्राष्ट्रिय आलोचनाको कुनै प्रवाह नगरी आफ्नो भ्याक्सिन दर्ता गरेर प्रयोग अनुमति दिइसकेका छन् ।

चीनले क्यानसिनो बायोलोजिक्सले तयार पारेको भ्याक्सिनलाई सीमित परिमाणमा प्रयोगको अनुमति दिएको छ । अब यो भ्याक्सिन चिनियाँ जनमुक्ति सेनाका लागि उपलब्ध गराइएको छ ।

अर्कातिर रुसले एक कदम अघि बढेर गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सबैका लागि प्रयोग अनुमति दिएको छ । दुवै भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट अघि बढिरहेका छन् । तेस्रो चरणको परीक्षण जारी रहेकाले यी भ्याक्सिनलाई विश्वसमुदायले स्वीकार्ने अवस्थामा पुग्न अझै समय लाग्नेछ ।

अर्कातिर कोरोना संक्रमणको बढ्दो दरसँगै विश्वकै तेस्रो धेरै संक्रमितहरुको देश बनेको भारतले पनि कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ । तर यो भ्याक्सिन प्रयोगका लागि अझै यो वर्षको अन्त्यसम्म कुर्नुपर्ने भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा गामालेया इन्स्टिच्युटले रक्षा मन्त्रालयसँग मिलेर बनाएको कोरोना भ्याक्सिन बनाएको थियो । जसलाई अब दर्ता पनि गरिएको छ । रुसले यस भ्याक्सिनलई जनतामा प्रयोगको अनुमति दिएर विश्वकै पहिलो भ्याक्सिनका रुपमा पेश गरेको छ ।

रुसले कोरोना विरुद्धको विश्वकै पहिलो भ्याक्सिनको सेप्टेम्बरबाट उत्पादन थाल्ने बताएको छ । यो भ्याक्सिन यही वर्ष अक्टोबरदेखि आम मानिसमा लगाउन थालिने छ ।

प्रतिक्रिया दिनुहोस्