

श्रीप्रसाद जवेगू
हजारौंको रगत
महासागरको छाल भएपछि
मान्छेको हाडखोर
र मासुका थुप्रोहरु
ढुङ्गा माटो बनेपछि
लाखौको पसिनाले, यीनै ढुङ्गा माटोलाई जोडेपछि
बनेको हो यो
हाम्रो आस्थाको घर,
चित्कारको हुरी चलेर
जीन्दगीको क्षितिज छोपिए
मृत्युको बादल लाग्दै जाँदा
मीलनका आकासहरु फाटिए
अनि त बन्यो
यो अस्तित्व घर,
जेल नेल र त्यागहरुको गोधुलीमा
परिवर्तनको दीयो बाल्दा
यातनाको अन्धकारबाट
विद्रोहका वीजहरु उमार्दा
हजारौं चेलीहरुको सिन्दुर पुछिनाले
अद्धितीय वलिदानी फुलेपछि
जन्मे कति कति सहिद
ज्ञात अज्ञात आमाका
काख रित्तिएपछि
यहीँ पृष्ठभूमिमा बनेको हो,
हाम्रो रक्तिम
प्रतिष्ठाको घर,
र, त समाजवादको रङ्गमा
साम्यवादको छाना छ
समृद्धिको चौकट्टा भएर
सङ्घीय लोकतन्त्रको
ठाना छ
समानताको ओछ्यानबाट
देखिएको अजिवको सपना छ,
विश्वासको क्षितिजमा
उदाउँदै गरेको
त्यो आस्थाको घर,
अहङ्कारको समिधाले
पाखण्डी स्वेच्छाचारिताले
अस्तित्वको घरलाई
लपेटि रहेको छ
गुटको धुँवाबाट सल्केको
डडेलोले सारालाई
दपेटिरहेको छ
हे यी घरका निर्माताहरु १
आओ १ एक भएर हिम्मतको
धनुषबाण चलाऔं
हाम्रो आस्थाको
घरलाई बचाउँन
मर्नुपरे मरौँ
तर खुट्टा नकमाऔं ।
(नेकपाका नेता एवम् पूर्वमन्त्री जवेगूको रचना उहाँकै फेसबुक टाइमलाइनबाट साभार)