शुक्रबार थपिए ४६४ सङ्क्रमित



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ ।

त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिनुभयो ।

त्यस्तै, २४ घण्टामा ४२५ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्