

फिदिम । कोरोनाभाइरस सङ्क्रमणबाट देशभरि थप ४१८ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जानकारी दिएको छ ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्मितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्या २०,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डौँमा आयोजित दैनिक प्रेस ब्रीफिङमा वताउनुभयो
सोमवारको दैनिक सङ्क्रमण एक महिनाको अवधिमा सबैभन्दा ठूलो हो । यसअघि जुलाई २ मा सर्वाधिक ७४० जना सङ्मित थपिएका थिए । विगत २४ घण्टामा ३५८ जना निको भएसँगै अहिलेसम्म १४,९६१ जना सङ्मित भाइरसमुक्त भएका छन् ।
सोमवार काठमाण्डौँ उपत्यकामा ५१ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाण्डौँमा ४३ जना, भक्तपुरमा पाँच जना र ललितपुरमा तीन जना भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,७३२ छ । तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २,३५७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १,५४९ जना रहेका छन् । त्यस्तै प्रदेश नं १ मा २९०, वागमती प्रदेशमा ६५१, गण्डकी २७५, प्रदेश नं ५ मा ३१५ र कर्णाली प्रदेशमा २९८ जना रहेका छन् ।
नेपालमा कोरोनाभाइरस दैनिक सङ्क्रमण मे १६ देखि अगस्ट ३ सम्मको तथ्याङ्क ८ मे १६ मा नेपालमा कुल सङ्मण २९१ रहेको थियो । विगत २४ घण्टामा पीसीआर विधिबाट ७,१३७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभरि १० हजारभन्दा केही बढी मानिस क्वारन्टीनमा छन् । तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ । अहिले रौतहट, महोत्तरी र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । भोजपुर, सङ्खुवासभा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ ।