ढुङ्गाले लागेर फिदिममा एक वृद्धको मृत्यु



पाँचथर, १९ साउन

भीरबाट झरेको ढुङ्गाले लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं. ११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो ।

आइतवार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आएका उनी सोमवार विहान घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आइतवार फिदिममै आफन्तकहाँ बसेर आज विहानै घर फर्कने क्रममा सडक माथिको भीरबाट झरेको ढुङ्गाले लागेर श्रेष्ठको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो । मृतक श्रेष्ठको आजै जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्