फिदिममा जुवा खेलिरहेका २३ जना पक्राउ



पाँचथर, १२ साउन

पाँचथर सदरमुकाम फिदिममा जुवा खेलिरहेका २३ जनालाई प्रहरीले नगद तथा कौडा सहित पक्राउ गरेको छ ।

गए राती करीब १० बजे फिदिम बजारको एक घरमा जुवा खेलिरहेको अवस्थामा रु. २ लाख ४७ हजार नौँ सय ४५ नगद, जुवाको कौडा सहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा कर्मचारी, शिक्षक, ब्यवसायी, मुख्य राजनीति दलका कार्यकर्ता सहित प्रतिष्ठित ब्यक्तिहरु छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रोमनराज अर्यालले उनीहरुको नाम गोप्य राखिएको वताउनुभयो । प्रहरीले उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्