कोरोना जितेर निको हुनेको संख्या उल्लेख्य रुपमा बढ्योे



फिदिम । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ सय ९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

निको हुनेको कुल संख्याको प्रतिशतमा यो ६९ दशमलव ३४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा देशभर गरिएको ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

यो सँगै मुलुकभर २ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्