
फिदिम । इलाममा थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षी पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताउनुभयो ।
त्यहाँका ४० जनाको पीसीआर परीक्षण गरिएकामा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो ।
यी दुई दुई जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
संक्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित कोभिड–१९ विशेष अस्पतालमा लागिने भएको छ । इलामका संक्रमितहरु मध्ये १२ जना निको भएर घर फर्किसकेका छन् ।