मलामी लिएर फर्केको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



फिदिम । पाँचथरको याङवरक गाउँपालिका वडा नं. थर्पूमा मलामी लिएर फर्कदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ट्र्याक्टर दुर्घटनामा याङवरक–४ का ५० बर्षीय मानध्वज माबोको मृत्यु भएको हो । शनिवार साढे ५ बजे याङवरक–४ देउराली चौकस्थित कच्ची सडक खण्डमा को २ त ७०४३ नम्बरको ट्र्याक्टरको ट्रली अचानक खुस्केर सडकबाट ३० मिटर तल खस्दा ट्र्याक्टरमा सवार १० जना मध्ये ५ जना घाइते भएको थिए ।

घाइते भएका माबोलाई को घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते अन्य चार जनलाई उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याइएको छ । उनीहरु सबै स्थानीय भगवतीप्रसाद माबोको निधनमा मलामी गएर फर्कँदै थिए ।

प्रतिक्रिया दिनुहोस्