झापामा थपिए २८ जना कोरोना संक्रमित



फिदिम । झापामा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

मेचीनगर नगरपालिकाको राधास्वामी क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगरमा योसँगै संक्रमित संख्या ४१ पुगेको छ ।

यसैगरी अर्जुनधाराका २ जना महिला सहित ८ जना, हल्दिबारीका ३ जना पुरुष, कनकाईका १ जना महिलासहित २ जना र बिर्तामोडकी १ महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्