कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु



फिदिम । कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा थप एकको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको हो । घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो ।

उनको हिजो बेलुकी अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ प्रतिकार्य कार्यदल संयोजक डा. सन्तकुमार दासले बताए । उनले भने ‘शल्यक्रिया गरिएको र उपचारमा हुँदा हुँदै हिजो बेलुकी निधन भयो ।’

उनका बुवा, आमा र फुपूमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । (थाहा खवरबाट)

प्रतिक्रिया दिनुहोस्