ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु



फिदिम । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका–६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मोहमद सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिई चालक र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्