खोलामा डुबेर २ जनाको मृत्यु



फिदिम । इलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका–५ का २५ बर्षीय हरिप्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमवार दिउँसोदेखि हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्