दमक नगरपालिकाले बनायो आफ्नै नगरगान



फिदिम । झापाको दमक नगरपालिकाले आफ्नो नगर गान सार्वजनिक गरेको छ । शनिबार सातौं नगर सभामार्फत नगरले आफ्नो नगर गान सार्वजनिक गरेको हो ।

युवराज आचार्यको शब्द तथा तुलसी पराजुलीको संगीत रहेको नगर गानमा नगरको विविधता र ऐतिहासिक महत्व रहेको समेटिएको छ । तुलसी पराजुलीसहित गायक, गायिकाको आवाज रहेको गानको भिडियो धर्मराज ढकालको निर्देशनमा तयार पारिएको छ ।

नगर सभाले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन विधेयक, दमक प्रज्ञा प्रतिष्ठान विधेयक, समिति गठन र सञ्चालन सम्बन्धी कार्यविधि पनि पारित गरेको छ । यस्तै विधायन समिति, न्यायिक समिति र लेखा समितिको प्रतिवेदन पनि सभामा पेस गरिएको थियो ।

विनियोजन विधेयक र अर्थ विधेयकसमेत स्वीकृत गरेको नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट अनुमोदन गरेको छ । (थाहाखवरबाट साभार)

प्रतिक्रिया दिनुहोस्