प्रदेश १ मा ११ जना संक्रमित थपिए



फिदिम । प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा ८, सुनसरीमा २ र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । यस्तै झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको छ ।

योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश १ मा ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्