नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या आठ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार गुल्मीमा ९४, बैतडीमा ६३, कैलालीमा ४९, बागलुङमा ३२, सिन्धुपाल्चोकमा २१, कञ्चनपुरमा २०, डोटीमा १५, गोरखामा ११ र सर्लाहीमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै झापामा १, मोरङमा ३, उदयपुरमा २, सप्तरीमा ४, अछाममा ६, बझाङमा ३, बाजुरामा ८, डडेलधुरा ९, धादिङ १, कास्की २, काठमाडौं ३, मकवानपुर ८, म्याग्दी १, नवलपरासी पूर्व ४, तनहुँ १९, पर्वत ५, सिन्धुली १, चितवन १, बैतडी ५, स्याङ्जा ३, कास्की ६, अर्घाखाँची ६, कपिलवस्तु ४, नवलपरासी पश्चिम २ र रुपन्देहीमा २ छन् ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २२ रहेको छ । पछिल्लो २४ घण्टायता कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्