थप ३ सय ८० कोरोना संक्रमित, कुल संख्या ६ हजार ५ सय



फिदिम । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ५ हजार ५५ नमुना परीक्षण गर्दा ३ सय ८० जना संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना अपडेटमा यस्तो जानकारी दिएको हो । कूल संक्रमितमध्ये पुरुष ६ हजार ९२ र महिला ४ सय ९९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । जसमा ४९९ जना महिला र ६९२ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु पोखरा, पर्सा, ललितपुर, बारा, महोत्तरी सुनसरी, झापा, पाँचथर, सिराहा, धनुषा, दैलेख, सुर्खेत, कैलाली, बाँके, बर्दिया, सप्तरी, अर्घाखाँचीमा, रोल्पा रोतहट नवलपरासीपूर्व, सल्यान, रुपन्देही, लगायत जिल्लाका छन् ।

प्रवक्ता गौतमले पछिल्लो चौविस घण्टामा १ सय १७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्