थप ४५१ जनामा कोरोना, संक्रमितको संख्या ६२ सय नाघ्यो



फिदिम । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार पछिल्लो २४ घण्टामा ४५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६२११ पुगेको छ ।

त्यसैगरी निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ ।

पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।

गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्