राष्ट्रिय एकता र भौगोलिक अखण्डताका सवालमा पक्ष विपक्ष हुँदैन्ः सभापति देउवा



फिदिम । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका सवालमा मुलुकमा पक्ष र विपक्ष हुन नसक्ने वताउनुभएको छ ।

नेपालको संशोधित नयाँ नक्साअनुसारको निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न जारी संसद् बैठकलाई सम्बोधन गर्दै प्रमुख विपक्षी दलका नेता देउवाले यस्तो धारणा राख्नुभएको हो ।

सभापति देउवाले राष्ट्रिय एकता र भौगोलिक अखण्डताको सवाल तथा भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउने सवालमा ऐतिहासिक एकता प्रदर्शन भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

सभापति देउवाले अतिक्रमित भूमि फिर्ता लिन निरन्तर पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्