राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछः प्रचण्ड



फिदिम । नेकपाका अध्यक्ष प्रचण्डले विगतमा राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको वताउनुभएको छ ।

नेपालको संशोधित नयाँ नक्साअनुसारको निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न जारी संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो वताउनुभएको हो ।

आफूले गणतन्त्रमा भूमि बचाउन नसकेको भन्ने आवाज उठेको सुनेको वताउँदै उहाँले गणतन्त्रले गुम्न लागेको भूमि समेत फिर्ता लिन लागेको वताउनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रियता र भौगोलिक अखण्डताका मुद्दा र राष्ट्रिय महत्वका विषयमा सर्वदलीय सहमति कायम गरेर जानुपर्ने वताउनुभयो । उहाँले कुटनीतिक माध्यमबाट सीमासम्बन्धी समस्या हल गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्