थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो



फिदिम । पछिल्लो २४ घण्टामा देशभरिमा ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

यो संख्या हालसम्मकै उच्च हो । योसँग नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

हालसम्म ८७७ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल देशभरिमा क्वारेन्टाइनमा १ लाख ५८ हजार ४० छ भने आइसोलेसनमा ४ हजार १ सय छ ।

प्रतिक्रिया दिनुहोस्