आज हालसम्मै ठूलो संख्यामा संक्रमित भेटिए, सरकारी प्रक्षेपणभन्दा बढी संक्रमित



फिदिम । पछिल्लो २४ घण्टामा देशभरिमा ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ ।

सरकारले दुई साताअघि मात्रै करीब ५ हजारमा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको समाचार बीबीसीले प्रकाशन गरेको थियो । तर सरकारी प्रक्षेपणको संख्या बराबर संक्रमितको संख्या क्वारेन्टाइनमा झण्डै डेढ लाख मानिस रहँदै पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । हालसम्म ८७७ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल देशभरिमा क्वारेन्टाइनमा १ लाख ५८ हजार ४० छ भने आइसोलेसनमा ४ हजार १ सय छ ।
आज १६ जना डिस्चार्ज भएका छन् । जसमा चार जना महिला समेत छन् । उनीहरु काठमाण्डौँ र धरानबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोनालाई जितेर ८७७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । आज जम्मा संक्रमितको संख्या ४४८ जना छ । जसमध्ये २४ जना महिला छन् ।

आज कहाँ कति जना संक्रमित भेटिए ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना पुरुष र झापाका ७ जना पुरुष गरी नौ जना संक्रमित देखिएका छन् ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जना पुरुष, पाटन अस्पतालमा धादिङका १ जना पुरुष, भरतपुर अस्पताल चितवनमा चितवनका ८ जना पुरुषमा संक्रमण देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १७ जना पुरुष, उदयपुरका ३ जना पुरुष र सिराहाका ११ जना पुरुषमा संक्रमण देखिएको छ ।

कोशी अस्पतालमा इलामका १ जना पुरुष, झापाका ६ जना पुरुष, सुनसरीका एक महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।

प्रादेशिक प्रयोगशाला पोखरामा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ जना पुरुष, नवलपरासी र तनहुका एक/एक जना पुरुषमा संक्रमण देखिएको छ ।

भेरी प्रादेशिक अस्पतालमा वर्दियाका दुई महिला र १३ जना पुरुषमा र बाँकेका एक महिलामा संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नवलपरासीका ४ पुरुष, मोरङका १ पुरुष, धादिङका २७ जना (२ महिला) मा संक्रमण देखिएको छ ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ पुरुष, सर्लाहीका ३ पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै धुलिखेलमा कपिलवस्तुका १ जना महिला र ३ जना पुरुष, सर्लाहीका ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ ।

प्रादेशिक प्रयोगशाला सुर्खेतमा दैलेखका ५ जना र ३१ पुरुष, सुर्खेतका २ महिला र ४३ पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाची, गुल्मी, पाल्पा, प्युठान, रुपन्देही र नवलपरासीका गरी २४ जनामा संक्रमण देखिएको छ । जसमा ५ जना महिला छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना पुरुष, धादिङ १ जना पुरुष, धनुषा १ पुरुष, नुवाकोटका १ जना पुरुष र रौतहटका ८६ जना पुरुष, काठमाण्डौँका १ जना महिला र सर्लाहीका ९ महिला र ४१ पुरुषमा संक्रमण देखिएको छ ।

जम्मा संक्रतिको संख्या ५ हजार ६२ जना छन् । जसमा पुरुष ४७०९ र महिला ३५३ जना छन् । हालसम्म ७२ जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्