लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय



फिदिम । सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको रातोपाटी डटकमले समाचार प्रकाशन गरेको छ ।

यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक मन्त्रीको स्रोत उद्धृत गर्दै रातोपाटीले यो निर्णय चाँडै कार्यान्वयनमा आउने समाचारमा उल्लेख गरेको छ ।

यस्तै जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने तथा बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको उक्त समाचारमा उल्लेख छ ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्