कोरोना भाइरसका २७९ जना संक्रमित थपिए, थप ९० जना डिस्चार्ज



फिदिम । नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा २७९ जना संक्रमित थपिएका छन् । जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ । जसमा अधिकांश संक्रमित पुरुष रहेका छन् । पुरुषको संख्या ४०६६ रहँदा महिलाको संख्या केबल ३०९ मात्रै रहेको छ ।

मन्त्रालयका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा मोरङका ८ जना पुरुष संक्रमित भेटिएका छन् । एकजना झापाकी महिलामा पनि संक्रमण भएको छ ।

कोशी अस्पतालमा झापाका ४ जना पुरुष संक्रमित भेटिएका छन् । त्यहीँ उदयपुरका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला १ रहेकी छन्। भरतपुर अस्पताल प्रयोगशालामा चिवतका दुईजना संक्रमित भेटिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखारा नवलपुरका १ पुरुषमा संक्रमण भेटिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका, ७ जना पुरुष, नवलपरसाी ५ जना पुरुष, पाल्पाका १२ जना संक्रमित भेटिएका छन् । जसमा १ महिला र ११ पुरुष रहेका छन् । त्यही ल्याबमा प्युठानका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा बाँकेका ३ र बर्दियाका १ जनामा संक्रमण देखिएको छ । सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा दैलेखका २५ जनामा संत्रमण पुष्टि भएको छ । जसमा २ महिला छन् ।

त्यसैगरी जाजरकोटाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। सुर्खेतका ९ जनामा पनि संक्रमण देखिएको छ । जसमा तीन महिला र ६ पुरुष छन् ।

सेती अस्पताल कैलालीमा दार्चुलाका १ जना पुरुषमा संक्रमण देखिएको छ । कैलालीका १२ जनामा पनि संक्रमण देखिएको छ । जसमा एक जना बालिका र एक महिला छन् । सेती प्रादेशिक अस्पतालमा डडेल्धुराकै एकजनामा पुष्टि भएको छ ।

धुलिखेल अस्पतामला सर्लाहीका १० जना पुरुषमा संक्रमण देखिएको छ । कपिलवस्तुका १९ मध्ये १ महिला र १८ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा धादिङका १६ जनामा संक्रमण देखिएको छ । जसमा ४ जना महिला छन् ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नुवाकोटका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

रौतहतटका ५३ जनामा पनि संक्रण देखिएको छ । जसमा १ जना महिला छन् । सर्लाहीका १५ पुरुष, सिन्धुपाल्चोकाका १ पुरुष, सिरहाका १ जना र उदयपुरका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्