डिप्रोक्स लघुवित्तद्वारा राहत सामग्री हस्तान्तरण



सुमन अधिकारी, थर्पू

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा थर्पू पाँचथरले बुधवार रु. २० हजार रकम बरावरको राहत सामग्री याङवरक गाउँपालिका वडा नं. ४ लाई हस्तान्तरण गरेको छ । उक्त संस्थाले चामल, खानेतेल लगायत उक्त मूल्य बराबरको सामग्री प्रदान गरेको हो ।

लकडाउनबाट प्रभाबित न्युन आय भएका घर परिवारलाई केही हदसम्म भए पनि राहत पुर्याउने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत हस्तान्तरण लघुवित्तका थर्पू शाखा प्रमुख प्रमुख विज्ञान कोइरालाले जानकारी दिनुभयो ।

शाखा प्रमुख कोइरालाले याङवरक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष शहरनन्द योङहाङ तथा वडा सचिब रुद्रप्रसाद अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

राहत सामग्री बुझ्दै वडाध्यक्ष योङहाङले बिषम परिस्थितिमा सबै पक्षले हातेमालो गर्नुको विकल्प नरहेको वताउनुभयो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा लघुवित्तका कर्मचारी तथा स्थानीयवासी समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्