कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो



फिदिम । सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतका ती ब्यक्तिको विहीवार मृत्यु भएको हो ।

ती ब्यक्ति जेठ ८ गते भारतबाट आई स्थानीय क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १४ दिन क्वारेन्टाइनमा बस्दा उनीमा कुनैपनि लक्षण देखिएको थियो ।

आरडिटीमा नेगेटिभ देखिएपछि उनी घर गएका थिए । उनको स्वाब संकलन गरिएको थियो । उनी २२ गते घर गएकामा सोही दिन मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्